नेपाली भाषा शिक्षकहरु लकडाउनमा पनि आफूलाई तिखार्दै

प्रशुराम चौधरी
बर्दिया , जेठ ०७ 
प्रविधिमैत्री शिक्षक समाज,नेपाल अन्तर्गत नेपाली भाषा शिक्षक विभागको आयोजनामा यहि मिति २०७७ वैशाख २४ गतेबाट नियमित अनलाइन तालिम सञ्चालन हुँदै आएको छ । हालसम्म विद्यालयका प्रशासनिक  कार्य तथा परीक्षाको नतिजा तयारीका लागि अति नै महत्एवपूर्ण एम.एस.एक्सेल तथा नेपाली विषयको प्रभावकारी शैक्षिक सामग्री निर्माणमा सहयोगी हुने पावरप्वाईन्ट, सर्च इन्जिन, फन्ट कन्भर्टका साथै ब्लग निर्माण र डिजाइन जस्ता विषयमा कक्षाहरु भैसकेको र आगामी दिनमा कक्षाकोठामा जाँदा कस्ता शैक्षिक सामग्री लिएर जाने भन्ने विषयमा तालिम केन्द्रित हुने गरि अगाडि बढ्ने कुरा नेपाली भाषा विभागका संयोजक हर्क बोहोराले जानकारी दिनुभयो । 

https://m.youtube.com/watch?v=9F0xjxyMnx0

Post a Comment

0 Comments